ललितपुर

ललितपुर महानगरपालिकामा फाइजर खोप लगाउने कार्यक्रम स्थगित

ललितपुर । ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित गरेको छ ।

सोमबार सूचना जारी गर्दै आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण २०७९ असार १४ गते देखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको महानगरले जानकारी दिएको हो ।

सरकारबाट खोपको सुनिश्चितता हुनासाथ सूचना प्रकाशित गरी कार्यकम यथाशिघ्र संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।