समाचार

चार राजदूतले लिए शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।

शपथ लिने राजदूतहरुमा डा. नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) हुन् ।