गृहपृष्ठ ललितपुर नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक पूर्व समीक्षा

ललितपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ । समीक्षामा जिल्ला प्रतिनिधिले ललितपुरमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सन् २०२२ को जनवरी १ देखि जुन १५ सम्मको अवधिमा जिल्लामा छ महिनाका अवधिमा ३७ वटा मानवाधिकार उल्लङ्न र ज्यादतीका घटना भएका छन् ।

नेपाल मानवाधिकार वर्ष पुस्तक २०२३ को तयारीका लागि इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा सन् २०२२ जनवरीदेखि जुनसम्मको (२०७८ पुस १६ गतेदेखि २०७९ जेठ ३१ गतेसम्मको) अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ ।
इन्सेक प्रतिनिधि दीपकप्रसाद घिमिरेले ०७९ असार १६ गते प्रस्तुत गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारका १४ घटनामा पाँचदेखि १८ वर्षका १४ जना पीडित भएका छन् । आरोपितमा १५ देखि ५९ वर्षका १९ जना छन् । आरोपितमध्ये बुवा, दाजु, शिक्षकसहित पुर्पक्षका लागि थुनामा रहेका छन् ।

महिला बलात्कारका ४ घटनामा ४ जना गिरप्mतार भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट एक पुरुष सहित ४ जनाको कुटपिटबाट हत्या घटना भयो । जसमा ४ जना पुरुष आरोपित रहे । आरोपित पुर्पक्षका लागि थुनामा रहेको बताइएको छ । उक्त छ महिनामा बालयौन दुव्र्यवहार र बलात्कार प्रयासका ४ वटा घटना भए । मा एक जना बाल सुधार गृहमा छन् । जिल्लामा ११ जनाको हत्या प्रयास भएको छ भने एकजना चिकित्सकमाथि ट्राफिक प्रहरीबाट दुव्र्यवहार भएको घटनाको अभिलेख गरिएको छ । बहुविवाहका ६ वटा घटनाको अभिलेखसँगै एमसिसिको बिरोधमा मसाल जुलुस गर्ने क्रममा नेकपा (क्रन्तिकारी माओवादी)का का कार्यकर्ता गिरप्mतार गरिएको एउटा घटनाको अभिलेख गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले जिल्लामा मानव अधिकार रक्षाका लागि इन्सेकले अभिलेख गरेको प्रति खुशी व्यक्त गर्दै इन्सेकले तयार पारेको अभिलेख र पुस्तक ललितपुरका प्रत्येक विद्यालयमा पु¥यउन सहकार्य गरिन बताउनुभयो । उहाँले भन्नुभयो, “यस जिल्लामा रहेका कुनै पनि सरकारी वा गैर सरकारी संस्थाले जसले मनोसामाजिक परामर्शको कार्यक्रम गर्न सक्छन त्यसतर्फ मध्यनजर गर्नेछाँै । अहिले बढ्दो यौनजन्य हिंसाका घटना न्यूनिकरणका लागि सबैको साझा प्रयासबाट विद्यालयमा शिक्षा दिने र सामाजिक सचेतना जगाउने काम गर्नुपर्ने खाँचो रहेको छ ।’’

समितिका उपप्रमुख रामलाल थिङ्ले मुलुकमा प्रचलित संस्कार र संस्कृतिको वेवास्ता बढिरहेको उल्लेख गर्दैै सो का कारण वैदेशिक रोजगारीमा गएका महिला पुरुषबीच फाटो आउनाका साथै मादक पदार्थ सेवन गरी हिंसा गर्ने क्रम देखिएको भनाइ राख्नुभयो ।

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले समाजमा अपराध न्यूनिकरण गर्न प्रहरी लगायत सम्बन्धित निकाय मात्रै जागरुक नभएर व्यक्ति स्वयम् सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले महिलामाथि हुने हिंसा तथा बलात्कारका घटनाको न्यूनिकरणका लागि नागरीक समाजको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले फौजदारी अपराध संहिता २०७४ ले घटना दर्ता गर्न प्रहरीका तल्लो तहका कार्यालयले नमानेमा माथिल्लो निकाय, जिल्ला प्रशासन कार्यालय वा आयोगहरूमा जान पाउने व्यवस्था गरेको बताउनु भयो । यसलाई मध्यजनर गरी अघि बढ्न र व्यक्तिगत विवरणलाई स्थानीय तहले व्यवस्थित गर्नुपर्ने खाँचो समेत रहेको औल्याउनु भयो ।

जिल्ला समन्वय समिति ललितपुरका सदस्य शोभा केसीले समाजमा सकरात्मक सोचको विस्तार गर्दै जाँदा मानव अधिकारको स्वत रक्षा हुँदै जाने बताउनु भयो ।

महानगरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक भारतीले किशोरकिशोरीमा सामाजिक सञ्जालको गलत प्रयोगका कारण ललितपुरमा अपराधका घटना बढिरहेको बताउनु भयो छ । मुलुकमा भित्रिएको कोरोना महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण मोवाइलको प्रयोग गरी अध्ययन लगायत पठनपाठनको क्रियाकलाप अघि बढाउँदा त्यस किसिमका घटना बढेको सुनाउनुभयो । उहाँले ललितपुरका किशोरकिशोरी इन्टरनेटको पहुँचका कारण बलात्कार, यौन दुव्र्यवहार, हिंसा तथा हत्या लगायतका अपराधका घटनामा मुछिएका भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हामीले ललितपुरमा मानव अधिकार रक्षाका लागि दुईदेखि चार पाङग्रे सवारीसाधन प्रयोग गरी ठूलो आवाज बनाएर आवतजावत गर्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरेका छौँ।”

जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवालीले ललितपुरमा बालिका बलात्कृत भएका घटनाले चिन्तित बनाएको उल्लेख गर्दै अपराध बढ्नुमा कानुनी शिक्षाको अभाव बताउनु भयो । उहाँले कुनै पनि घटनाको अनुसन्धान प्रहरीले गर्ने र सरकारी वकिलको कार्यालयले सहजीकरण गर्ने जानकारी दिनुभयो । पछिल्लो समय नक्कली पीडित बनेर उजुरी दिइ व्यक्तिको चरित्रमाथि प्रश्न चिन्ह खडा गर्ने काम बढेका लागि कानुनी पक्ष र व्यक्तिगत स्वतन्त्रता बारे सचेतना जगाउनु पर्ने खाँचो औँल्याउनु भयो ।

गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य टिकाराम दाहालले समाजबाट अपराध घटाउन नैतिक शिक्षा अघि बढाउन जरुरी रहेको सुझाव दिनुभयो ।
महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोलले ललितपुरको कर्णाली मानिने दक्षिण ललितपुरमा अपराधका घटना हुँदा पनि उजुरी हुन नसकेको उल्लेख गर्दै कारणले सो हुन पुगेको हो ध्यान दिन अनुरोध गर्नुभयो ।

महासंघका सचिव नन्दा ताम्राकारले समाजमा बढिरहेका अपराधका कारण सिर्जना भएको मानसिक स्वास्थ्यका समस्यामा सम्बन्धित निकायले कहिल्यै सम्बोधन नगरेको गुनासो गर्नुभयो ।
निरन नेपालका रोशनी कर्माचार्यले समाजमूखि कानुन र व्यवहारीक पक्ष नमिलेको उल्लेख गर्दै कुष्ठाले नै हिंसा बढेको दाबी गर्नुभयो ।

छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डेले महिला हिंसाका घटना न्यूनिकरणका लागि सहकार्यका लागि आग्रह गर्नुभयो ।

पूर्व प्रकाशित समाचारचार राजदूतले लिए शपथ
नयाँ समााचाररविले लिए दल दर्ताको प्रमाणपत्र
सम्बन्धित समाचार

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

ताजा अपडेट

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दिपेन्द्र श्रेष्ठको जीवनीमा आधारित पुस्तकको लोकार्पण

दिगोे दृष्टि समाचारदाता ललितपुर २०८० कात्तिक २२ गते बुधबार दिलबहादुर स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक ‘सङ्कल्प र सङ्घर्ष–अनवरत पाइलाहरू’को लोकार्पण भएको छ । प्रतिष्ठानका अध्यक्ष दिपेन्द्र श्रेष्ठको...

दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २८ गते आइतबार दक्षिण ललितपुर समाजको १९ औं वार्षिक साधारणसभा एवम् शुभकामना आदानप्रदान कार्यक्रम ०८० असोज २८ गते आइतबार घटस्थापनाका...

विकासशिल बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

दिगो दृष्टि समाचारदाता ललितपुर ०८० असोज २७ गते शनिबार विकासशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा २०८० असोज २७ गते शनिबार सम्पन्न...