काठमाडौँ । सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगले जनाएको छ । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।
ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले जनाएको छ ।