नेपाली काँग्रेसका नेता शेखर कोइराला समूहले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि पाँच वटा प्रश्न उठाएको छ ।
देउवा नेतृत्वको गठबन्धनको सरकारले जनपक्षीय काम गर्न नसकेको शेखर समूहको निष्कर्ष छ ।
काँग्रेसले राजनीतिक प्रतिबद्धता जनाएको कुरा पनि कार्यान्वयन नगरेको बैठकपछि कोइराला पक्षीय केन्द्रीय सदस्य गोविन्द पोखरेलले बताए । उनका अनुसार राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने काँग्रेसले संस्थागत निर्णय गरेको थियो ।
अहिले पनि उक्त निकाय प्रधानमन्त्री कार्यालय मातहत राखिनु पार्टीको प्रतिबद्धता विपरीत भएको शेखर समूहको ठहर छ । बजेट बनाउने बेला आर्थिक सुशासनको खिल्ली उठाइएको पोखरलेले बताए ।
पाँच आरोप
१. सरकार नजिविकाका मुद्धामा गम्भिर बन्न नसकेको, विकास खर्च, लगानीको माहोल, अर्थतन्त्रका सुचकहरु, मल, पुस्तकका कुरामा सरकार उदासिन
२. राजनीतिक प्रतिवद्दताः राजश्व अनुसंन्धान, सम्पति सुद्दिकरण, रा.अ.वि प्रधानमन्त्रिको मातहतवाट हटाउने पार्टीको निर्णयलाई कार्यान्वयन नगरेको
३. चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाएको र ब्यापकरुपमा नीतिगत भ्रष्टाचार भएको।
४. परराष्ट्र नीति सबैको साझा वनाउने पहल नगरेको।
५. सभापतिज्युले विधान अनुसार नचल्ने र ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जस्ले भोट दिएनन् उनिहरुको सभापति हुन नखोजेको देखियो।