स्वास्थ्य

नेपालमा ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’ भेटियाे

काठमाडौँ । नेपालमा फेरी कोरोना संक्रमण बढ्न थालेको छ । आइतबार  ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’ भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् ।

दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती फैलिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।