विशेष

पाटनमा चट्याङ पर्दा ८० भेडा मरे

काठमाडौँ । पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङले पाँचजना किसानका ८० भेडा मरेका हुन् भने झण्डै तीन सय भेडा हराएका छन् ।

चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका पाँचजना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताए । उनका अनुसार बागजाले पाटनमा रहेका जम्मा ३ सय ८० वटा भेडामध्ये ८० वटा भेडा मरेको र बाँकी तीन सय भेडा बेपत्ता छन् ।

अप्ठ्यारो भीरका कारण हराएका भेडाको खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका पशु शाखाका प्राविधिक हरि कामीले बताए ।