काठमाडौँ । जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ। हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो।
कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो।
नयाँ मन्त्रीमा प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंहलाई मन्त्रीका लागि सिफारिस गरिएको जसपा स्रोतको भनाइ छ। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।