खेलकुद

नेपालले ओन्टारियोलाई ५५ रनले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले  क्यानडाको ओन्टारियो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ। नेपालले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको ओन्टारियोले १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ५४ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । नेपालको यो लगातार दोस्रो जित हो ।