बंगलादेशमा केही दिन देखिको निरन्तर वर्षाका कारण १०० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका ६४ ओटा जिल्ला बाढीका कारण प्रभावित भएका छन् । ती जिल्लामा गरी १०२ जनाको ज्यान गएको छ ।
गत मे १७ देखि जुन २८ सम्म बंगलादेशमा देशव्यापी रुपमा वर्षा भएको थियो । त्यतिबेला नै अधिकांश मानिसको ज्यान गएको बताइएको थियो । बंगलादेशका स्वस्थ्य अधिकारीहरुले अहिले पनि यहाँका कतिपय स्थानमा बाढीको प्रकोप जारी रहेको र ठूलो संख्याका मानिसहरु विस्थापित भएको बताइएको छ ।
त्यस्तै, बिजुली र खानेपानीका संरचनाहरु पनि बाढीले भत्काइदिएको छ ।