काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरी ज्वाँईसमेत अटाउन सफल भएका छन्।
आइतवारदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट सार्वजनिक गरिएको केन्द्रीय सदस्यको नामावलीमा अध्यक्ष प्रचण्डका कान्छी छोरी गंगा दाहाल र ज्वाँइ जीवन आचार्य अटाउन सफल भएका हुन्।
सूचीको ३१३ औँ नम्बरमा गंगा दाहाल र ३१८ औँ नम्वरमा ज्वाँइ आचार्य उल्लेख गरेर थप केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ।