स्वास्थ्य

उपत्यकामा थप दुई जनामा हैजा भेटियाे

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए।

योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् ।  उनले ती दुबै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि  शुद्धीकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ ।