राजनीति

अर्थमन्त्री शर्माले राजीनामा दिए

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

आज प्रतिनिधि सभामा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले संसदीय समितिले छानविनका लागि मार्ग प्रशस्त गरेको बताउँदै, उनले हजारौँ छानविनका लागि आफू तयार भएको समेत बताए ।

जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो  ।