भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलबार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।
पुल मर्मतपछि नाकामा आवातजावतसमेत सञ्चालनमा आएको छ । यसअघि पुलको लक भाँचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मङ्गलबार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेपश्चात् मर्मत गर्ने सहमति भएको थियो ।