खेलकुद

नेपाल क्यानाडासँग ८३ रनले पराजित

काठमाडौँ । नेपाल घरेलु टोली क्यानाडा विरुद्धको एक दिवसीय क्रिकेट खेलमा ८३ रनले पराजित भएको छ । बिहीबार किङ सिटी स्टेडियममा सम्पन्न खेलमा १८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा मात्रै समेटियो ।

कुशल भुर्तेलले १, पवन सर्राफले १४, देव खनालले २६, रोहित पौडेलले, बासिर अहमेद र विनोद भण्डारीले १३ र१३, दीपेन्द्र सिंह र आरिफ शेख शून्य रनमा आउट भए ।

त्यस्तै, आदिल अन्सारीले १३, कप्तान सन्दीप लामिछानेले ११ र करण केसीले अविजित ५ रन बनाए ।