विश्व

बारमा गोली चल्दा१४ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक बारमा गोली चल्दा१४ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको जोहानेसबर्ग नजिकै रहेको सोवेटो टाउनसिपमा रहेको बारमा भएको गोलीकाण्डमा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोलाबारीमा घाइते ११ जनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा भर्ना भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको छ ।