काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।
जियान्चाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पुगेर खड्कासँग भेटवार्ता गरेका हुन् ।
परराष्ट्र मन्त्रीलाई भेट्न जियान्चाओसहित ७ सदस्यीय भ्रमण टोली सिंहदरबार पुगेको थियो ।