समाचार

फोहोर फाल्ने कम्पनीलाई महानगरले तिरायो जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिका रातोपुलस्थित धोबीखोलामा फोहोर फाल्ने कम्पनी प्राक्टिकल बे‍स्ट सोलुसन प्रालिलाई महानगरले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो जानकारी ‍जानकारी दिएका छन्।

‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडीयाे र  फोटोको चर्चा भइरहेको छ, शाहले लेखेका छन्, सो सामग्रीको छानविन गरी उक्त कार्यमा संलग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौं।’