काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित विशेश समितिले आजबाट औपचारिक रुपमा काम सुरु गर्ने भएको छ ।
समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णका अनुसार आज दिउँसो सिंहदरवारमा औपचारिक बैठक बस्ने छ, बैठकको एजेन्डा कार्यविधि निर्माण र सभापति चयन गर्ने जनाइएको छ । आज औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ ।