राजनीति

समाजवादीका विद्यार्थीद्वारा त्रिविमा अनसन

काठमाडौँ । १३ बुँदे माग गर्दै, सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली सहित केही विद्यार्थी नेताहरु आमरण अनसनमा उत्रिएका छन्।

त्रिभुवन विश्वविद्यालयमा भएको विकृति, विसंगती र शैक्षिक अपराधीकरण विरुद्ध अनसन थालिएको अध्यक्ष पराजुलीले बताएका छन्। अनेरास्ववियूले १३ बुँदे मागसहित त्रिविका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाइएको जनाएको छ।