ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । केहिदिन अघि बालकले एक शिक्षिकालाई मुख छोडेको भन्दै फलामको स्केलले पिटेका हुन् । उक्त पिटाईले बालकलाई चोट लागेको छ भने जीउको अघाडि र पछाडी भागमा स्केलको छाप नै छाप र स्केलको धारले काटिएको घाउ देखिन्छ ।
उक्त पिटाईका कारण बालकको संरक्षकले महानगरीय प्रहरी बृत्त चापागाउँमा निवेदन दिएपनि पछि जाहेरी दरखास्त नदिएका कारण कारवाही अघाडि बढाउन नसकेको एक प्रहरीले जनाए। तर विचौलियाका कारण जाहेरी दरखास्त दिन डर लागेको परिवारले बताएको छ । प्रिन्सिपल चक्र नेपाली कांग्रेसका नेता हुन् ।