काठमाडौँ । घरभित्रै प्रवेश गरेर काठमाडौँमा चितुवाले मानिसमाथि आक्रमण गरेको छ । घटनामा पाँच जना घाइते भएका छन् । नागार्जुन नगरपालिका–८, भीमढुंगामा गएराति चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
भीमढुंगास्थित ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरभित्र बुधबार राति प्रवेश गरेको चितुवाले मानिसमाथि आक्रमण गरेको र पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई बुधबार राति नै मनमोहन अस्पतालमा भर्ना गरिएको छ ।