राजनीति

रविद्वारा नेपालमा बनेका लुगाहरु लगाउने घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूले अबका दिनमा नेपालमा बनेका लुगाहरु मात्रै लगाउने घोषणा गरेका छन् ।

बिहीबार पार्टीको प्रचारका लागि झापा पुगेका लामिछानेले नेपालको उत्पादनलाई प्राथमिकता दिनका लागि आफूले नेपालमा उत्पादित लुगा लगाउने घोषणा गरेको बताउँदै, उनले भने, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ। मैले अहिले लगाएको  पोशाक नेपाली उत्पादन हो। म निरन्तर नेपाली उत्पादनमात्रै प्रयोग गर्नेछु।’