काठमाडौँ । पोखराको अन्नपूर्ण केवलकार एक हप्ताको लागि बन्द हुँने भएको छ ।
केवलकार नियमित मर्मत सम्भारको लागि मिति २०७९ साल असार ३१ गते देखि श्रावण ६ (तदनुसार २०२२ जुलाई १५ देखि २२ तारिख) गते सम्म बन्द रहने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार केवलकार मिति २०७९ साल श्रावण ७ गते शनिवार (तदनुसार जुलाई २३, २०२२) बिहान ९ बजे देखि साँझ ६ बजे सम्म यथावत रुपमा सञ्चालन हुने छ ।
उक्त केवलकार पर्यटकीय नगरी पोखरा लेकसाईड, सेतीवगरदेखि सराङकोटसम्म सञ्चालित छ ।