स्वास्थ्य

काेभिडबाट एक जना कैदीबन्दीको मृत्यु

काठमाडौँ। कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीको मृत्यु भएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोशी अस्पताल भर्ना गरेको थियो ।

भर्ना गरेकामध्ये एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १८ जनाको भने उपचार भइरहेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो । अस्पताल पुर्याइएका मध्ये १६ जनालाई एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण रहेको छ । बिहीबार अस्पताल भर्ना भएका विरामीको शुक्रबार एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालले जनाएको छ ।

सबै जनाको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।