काठमाडौँ । एसईईको नतिजा यसै साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले यही हप्ता कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना रहेको छ । त्रुटि कम्ति होस् भनेर रुजु गर्ने, लगाएतका नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम भइरहेको उनले बताए ।