राजनीति

शर्मामाथिको छानबिन प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । बजेट निर्माणका क्रममा करका दरमा हेरफेर गरेको आरोप लागेपछि शर्मामाथि छानबिन गर्न गत असार २२ गते प्रतिनिधिसभाले संसदीय विशेष समिति गठन गरेको थियो । सोही दिन शर्माले राजीनामा दिएका थिए ।

समितिले गत मंगलबारबाट औपचारिक रुपमा छानबिन प्रक्रियाको थालनी गरेको थियो । समितिका एक सदस्यका अनुसार छानबिन प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ ।