शिक्षा

बालक कुट्ने प्रिन्सिपल सम्पर्कविहीन

बालकलाई मरणासन्न कुटपिट गरेको सार्वजनिक भएपछि नगरपालिकाले विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको र जवाफ नआएपछि ताकेता गर्न फोनबाट सम्पर्क गर्न खोज्द प्रिन्सिपल महर्जन र भाइस प्रिन्सिपल दुबै जनाको मोबाइल स्वीच अफ रहेको पाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखाका उपसचिव देवीप्रसाद उपाध्ययले सोमबार विद्यालयलाई पत्र काट्दै लिखित जवाफ मागेको थियो । तर मंगलबारसम्म केही जवाफ नआएपछि नगरपालिकाले प्रिन्सिपल र भाइस प्रिन्सिपललाई सम्पर्क गर्न खोजेको थियो ।