ललितपुर

ललितपुर महागनरको बजेट पारित

ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार बराबरको बजेट पारित गरेको छ । महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट पारित गरेको हो । महानगरपालिकाले अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका आयोजनालाई निरन्तर दिनेगरी प्राथमिकतामा राखेको छ ।

सांस्कृतिक नगर भएकाले महानगरपालिका भित्रका मूर्त र अमूर्त सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी, चक्रपथको ललितपुर खण्डमा स्मार्ट सडक बत्ती, साइकल लेन, पोखरी संरक्षण र पुनर्निर्माण लगायतका योजनाहरु प्राथमिकतामा राखेका छ ।

यसका साथै महानगरपालिकाले चालू आर्थिक वर्षमा केही नयाँ र पृथक कार्यक्रमहरु समेत कार्यान्वयनमा ल्याउने बताइएको छ । चालू आर्थिक वर्षका लागि ल्याइएको कूल बजेटमध्ये संघीय सरकारबाट सर्सत अनुदानबाट ३ अर्ब ९६ करोड रुपैयाँ जुटाइएको छ । यस्तै, प्रदेश सरकारबाट ६५ करोड ९४ लाख रुपैयाँ सर्सत अनुदान, २९ करोड ९८ लाख ४ हजार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट लिइएको छ ।