नेपाल प्रहरीमा भर्खरै बढुवा भएका ३२ जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रशासन तर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइजीपी धीरजप्रताप सिंहले बुधवार फुली लगाइदिएका हुन् । बढुवा समितिको सिफारिसअनुसार गृहमन्त्री बालकृष्ण खाणले मंगलबार गणेश चन्दसहित ३२ जनलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए ।
बढुवा हुनेहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, दानबहादुर कार्की, डा.मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की र राजेन्द्रप्रसाद भट्ट छन् ।
त्यस्तै, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दिपेन्द्र घर्ती क्षेत्री(जि.सी.), दिपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शन प्रसाद कोइराला, दिपककुमार बस्नेत र जयराज सापकोटा छन् ।
सुरेन्द्रवहादुर गुरुङ, सञ्जीव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरीसहित ३२ जना एसपीबाट एसएसपीमा बढुवा भएका थिए । आईजीपी सिंहले सूचना प्रविधि तर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.अरुणकुमार भण्डारी, स्वास्थ्य तर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.सुरज राना, डा.दीपा न्हुच्छे प्रधान तथा डा.अमिनकुमार श्रेष्ठ र सवारी तर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसीलाई पनि फुली लगाइदिएका छन् ।
सुशोभन समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्री वृद्धिमा लाग्नुपर्ने बताए । आईजीपी सिंहले संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए ।