ललितपुर

ललितपुर सिद्धिपुरमा एक महिला मृत फेला

ललितपुर । ललितपुर सिद्धिपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका ६ लुभु सिद्धिपुर बस्ने ७७ वर्षीया मनदेवी महर्जन आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।