विश्व स्वास्थ्य

राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित

अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।

थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।