ललितपुर

ठेचो बाह्र बर्षे जात्रा, विभिन्न नियम जारी(सूचनासहित)

ललितपुर । हरेक बाह्र बर्षमा मनाइने नवदुर्गा गुठीको जात्रा यही साउन १० गते गथामुग चह्रेका दिनबाट ललितपुरको ठेचामा सुरु हुँदैछ ।
जात्रा सुरु भएसँगै स्थानीय गाँउमा विभिन्न गतिविधिहरु निशेष हुँदैछ । जात्राको पुर्वसन्ध्यामा श्री नवदुर्गा भवानी देवि गुठीले एक सूचना प्रकाशित गरेर विभिन्न गतिविधिमा नगर्न अनुरोध गरेको छ ।।
प्रकाशित सूचनामा नियम पालन नगरेको खण्डमा अनिष्ट भएमा आफूहरु जिम्मेवार नहुने जनाएको छ ।

जात्रा अवधिभर ठेचोमा खुट्टा झुण्डाएर बस्न नहुने, पटक पटक भोजभतेर,विवाह ब्रतबन्ध गर्न नहुने, अन्य ठाँउबाट आएका पाहुनालाई बास बस्न दिन नपाउने नियम बनाइएको छ ।
जात्रा चलिरहेको समयमा सिठी वा ताली बजाउन पाइदैन । घर वा मन्दिरमा भएको घण्ट बजाउनु हुँदैन भएको घण्टी समेर बाँधेर राख्न गुठीले सूचित गरेको छ ।
घण्टाकर्ण चतुदर्शीदेखि धुस्ख नाच पुरा नभएसम्म गुठीको बजाबाहेक अन्य बाजा समेत बजाउन पाइदैन ।
जात्राका लागि गोदावरी नगरपालिकाले ५० लाख सञ्चालन खर्च दिएको छ । गुठीले जात्राका लागि ७० लाखभन्दा धेरै खर्च हुने बताएको छ ।
जात्राअवधिभर २८ वटा पुजा हुनेछ भने ,६० वलीमात्रै बली चढाइन्छ । सुनाकोठी र ठेचोबासीका लागि जात्राको अवसरमा भोज खुवाइन्छ ।