ललितपुर

ललितपुर मोबाइल व्यवसायी सङ्घद्वारा ५४ पिन्ट रगत सङ्कलन

ललितपुर । ललितपुर मोबाइल व्यवसायी सङ्घले दोस्रो स्थापना दिवसको अवसरमा रक्तदान सहितका विविध कार्यक्रम गरेको छ ।

लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स, सिभिल बैंक र धनलक्ष्मी सहकारी संस्थाको सह–आयोजनामा सङ्घले जावलाखेलको उग्रचण्डी पार्टी प्यालेसमा रक्तदान र आँखा शिविर कार्यक्रम गरेको हो । रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ ।

यस्तै, ५७ जनाले आँखा जाँच गराएका ललितपुर मोबाइल व्यवसायी सङ्घका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो । साथै, शिविरमा ४८ जनाले दाँतको जाँच गराएका छन् ।