समाचार

रुख ढलेर गुडिरहेको बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु

काठमाडौँ । भक्तपुरको सल्लाघारी स्थित चोङा गणेशमा रुख ढलेर गुडिरहेको बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु र ९ जना घाईते भएको छ । रुख सडकमा ढल्दा ठिमी बाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं को बस सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं स्कुटरलाई थिचेको थियो ।

सो घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । अरू ९ जना घाईतेको इवामुरा अस्पताल, भक्तपुर अन्तरास्ट्रिय अस्पताल, र मध्यपुर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ । यस बारेमा थप जानकारी आउन बाकीँ छ ।