ललितपुर स्वास्थ्य

ललितपुरमा ३५ संक्रमित थपिए

ललितपुर । पछिल्लो २४ घण्टामा देशभर ३४७ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ८८८ वटा नमुना परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालका अनुसार आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । त्यस्तै आज ९५ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा १६९ भक्तपुरमा १२ र ललितपुरमा ३५ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या दुई हजार १६५ पुगेको छ ।