विश्व स्वास्थ्य

भारतमा पछिल्लो घण्टामा २० हजारलाई कोरोना संक्रमण पुष्टि

भारतमा पछिल्लो घण्टामा २० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा २० हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

उक्त अवधिमा ३६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म ४ करोड ३८ लाख ८८ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक लाख ५२ हजार २ सय संक्रमणको अवस्थामा छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना निको हुनेको संख्या ४ करोड ३२ लाख १० हजार नाघेको छ । मन्त्रालयद्वारा जारी पछिल्लो विवरणअनुसार हालसम्म ५ लाख २६ हजार ३३ जनाको मृत्यु भइसकेको छ ।