ललितपुर। नेकपा (एकृकित समाजवादी) महालक्ष्मी नगर कमिटिले महालक्ष्मी नगरप्रमुख हरिगोविन्द श्रेष्ठलाई नगरपालिका भित्रका जग्गाको वर्गिकरण सम्बन्धमा ज्ञापनपत्र प्रदान गरेको छ ।
पार्टी नगर कमिटिका अध्यक्ष नकुल थापाले सोमबार नगरप्रमुख श्रेष्ठलाई एक कार्यक्रमको आयोजना गरी उक्त ज्ञापनपत्र प्रदान गरेका हुन् ।
उक्त अवसरमा ज्ञापनपत्र बुझ्दै नगरप्रमुख श्रेष्ठले छिट्टै सो समस्या समाधान गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ज्ञापनपत्रमा पार्टीले नगरपालिकाबाट सकारात्मक जवाफको अपेक्षा रहेको भन्दै नगरपालिकाका सबै जग्गाहरु कित्ताकाटबाट रोकिएको र जनताले आफ्नो जग्गा टुक्राएर बिक्रिबितरण गर्न तथा पारिवारिक अंशबण्डा एवं दानवकस आदि गर्नबाट वन्चित हुनुपरेकाले आफ्ना घर व्यवहार चलाउनका साथै उद्योग व्यवसायको लागि पुँजी व्यवस्था गर्न नसकेको उल्लेख गरिएको छ ।