काठमाडौँ । घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाएका छन्। आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाएमा भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहने कथन छ।
फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन खुट्टे फलामे किला ठोक्ने प्रचलन समेत रहेको छ। घण्टाकर्ण पर्व मौलिक पर्वमध्येको एक पर्व हो।