काठमाडौं । काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो ।
काठमाडौं महानगरका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुन नसकेको हो ।