विशेष

आज साउन १५ खिर खाने दिन

काठमाडौँ । आज साउनको १५ गते, खिर खाएर मनाइँदै छ  । असार १५ मा दही चिउरा खाँदै रोपाइँ गरेका किसानले असारको व्यस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खिर खाने गर्दछन् ।

वर्षाको झरीमा भिजेकाे शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खिर खाने गरिएको बताइन्छ । असार महिनाभरि हिलोमा काम गर्दा चिसो लाग्ने र तातो खिर खाँदा चिसोबाट जोगिने जनविश्वास छ ।

परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।