ललितपुर

ललितपुरको झरुवाराशीमा१२ जुवाडे पक्राउ

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशी बस्ने बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार रूपैयाँ, ३ बुक तास र १७ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।