विद्युतिय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ ।
घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।
देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भारतमा लापर्वाहीका कारण हरेक बर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ ।