ललितपुर, १७ साउन
वरिष्ठ अर्थविद् तथा प्राध्यापक डा.चन्द्रमणी अधिकारीले मुलुकलाई आत्मनिर्भरका साथै स्वाधिन बनाउने माध्यमनै कर प्रणली रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको ‘उद्योग व्यवसायमा कर प्रणालीको प्रभावबारे अन्तरक्रिया कार्यक्रम’ मा उहाँले करका कारणले लगानि तथा व्यापार एवं आयातका साथै निकासि हुँदै पैठारी र राज्य व्यवस्थामा समेत प्रभाव पार्ने भनाइ राख्नुभयो ।
उहाँले भन्नुभयो, “करको दायरा बढाआँै तर दर नबढाऔँ । मात्र व्यक्तिको क्षमताका आधारमा कर लिने नियम लागु गराँै ।” नेपालको कर प्रणाली तलसिंह र मोहीको जस्तो रहेको मत व्यक्त गर्दै सो जस्तो सम्बन्ध राम्रो नहुने उहाँले औँल्याउनुभयो ।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले सो स्थानका व्यवसायी र जनप्रतिनिधि मिलेर अघि बढ्दा महानगरपालिकालाई समृद्ध बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवसायीले उत्पादन गरेका वस्तु अन्य मुलुकमा निर्यात गर्न सकेमात्र यो महानगर समृद्ध बन्न सक्छ । हाम्रो महानगरपालिका व्यवसायीसँग बढी कर लिएर अघि बढ्न चाहादैन तर विश्वव्यापी रुपमा रहेको कोभिड महामारीले हरेक मानिसको व्यवसायमा आघात गरी अर्थतन्त्र डामाडोल पारेको हुँदा हामीले मर्कामा परेका व्यक्तिलाई पूर्ण रुपमा कर छुटु दिन भने सकेनाँै ।” आफूहरुले महानगरपालिकाका व्यवसायीको समस्यालाई सहज रुपमा हल गर्ने वातावरण तयार गर्न चाहिरहेको बज्राचार्यको भनाइ छ ।
सो महानगरपालिका राजश्व शाखा प्रमुख प्रेम थापाले मुलुकमा अझै रहेको महामारीलाई मध्यनजर गरी गत आर्थिक वर्ष २०७८÷७९ आफूहरुले ला