काठमाडौँ । विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि जुम्लाको तिला गाउँपालिका ६ स्थित जनजागृती माध्यमिक विद्यालय बन्द गरिएको छ । खोकी लाग्ने,ज्वरो आउने, टाउको दुख्ने लक्षण भएका ८८ नमुना परीक्षण भएकोमा ३ जनामा संक्रमण भेटिएको प्रधानाध्यापक जयलाल रोकायाले जानकारी दिए । ती विद्यार्थीहरु एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले पालिकाको स्वास्थ्य शाखालाई परीक्षणको लागि गरेको थियो।
वडाध्यक्ष जंगबहादुर रोकायाका अनुसार एन्टिजेन परीक्षणमा एक विद्यार्थी र एक स्वास्थ्यकर्मीलाई कोरोना देखिएको हो । विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको हो ।