काठमाडौँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनका दलहरू तालमेल गर्ने भएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै निर्वाचन लड्ने समझदारी भएको एक नेताले बताए ।
त्यस्तै, भदौको पहिलो हप्तासम्म सिट बाँडफाँटको टुंगो लगाउने पनि समझदारी भएको छ । त्यस्तै सिट बाँडफाँटको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ ।
सरकारले बिहीबार मात्रै आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।
प्रतिनिधि सभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबन्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने