स्वास्थ्य

२४ घण्टामा ५५३ मा कोरोना पुष्टि

काठमाडौँ ।  नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित साढे ५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार सक्रिय संक्रमित संख्या ५ हजार ६५९ पुगेको हो ।

२४ घण्टामा ३ हजार ७८९ नमुना परीक्षणमा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको तथ्यांकअनुसार २ हजार ४० पीसीआर परीक्षणबाट ४५१ र १ हजार ७४९ एन्टीजेन परीक्षणमा १०२ जनामा पोजिटिभ देखिएको हो । सोही अवधिमा ४३३ जना निको भएका छन्।

२४ घण्टामा खोप लगाउनेको संख्या १६ हजार ९६४ रहेको छ ।