काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए।
आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन् । उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना गरेर सतर्कता अपनाउन आग्रह गरेका छन्।