राजनीति

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् ।

त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु पनि सहभागी हुने उनले बताएका छन् ।