ललितपुर

गोदावरीमा भुपतेश्वर शिवलिङ्ग प्रतिस्थापन

ललितपुर । गोदावरी नगरपालिका ३ मा भुपतेश्वर शिवलिङ्ग प्रतिस्थापन गरिएको छ । गोदावरीका मोतिचउरवासीले साउन महिनामा शिवको पूजा र आरधना गरेसँगै महादेव मूर्ति प्रतिस्थापन गरेका हुन् ।

गएको गोदावरीको बाह्वर्षे अर्थात सिंहअस्त मेलादेखि उक्त स्थानमा महादेवको मूर्ति प्रतिस्थापन गर्ने योजना बमोजिम सो काम सम्पन्न गरिएको स्थानीय रविन सिलवालले बताए । सो मूर्तिका लागि नगरपालिकाका साथै स्थानीयले पनि रकम सहयोग गरेका सिलवालले जानकारी दिए ।